Logo

७ असोज, काठमाडौं ।
गायिका जेरुसा राई घरमा सुसाइड नोट लेखेर बेपत्ता भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

बिहीबार साँझ ७ बजेदेखि उनी घरपरिवासका सदस्यसँग सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका थिए।

हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए । उनको अन्तिम लोकेशन आसपासका क्षेत्रमा खोजीकार्य भैरहको छ तर अहिले सम्म कुनै कहाँ छन भन्ने कुनै संकेत नमिलेको प्रहरी नायव उपरिक्षक शाहीले वताए ।

सानेपा स्थित एउटा घरमा आमासँग वस्दै आएकी ३० वर्षीया जरुसाले आफू सुत्ने कोठामा ‘सुसाइड नोट’ लेखेर छोडेकी रहिछन, प्रहरी नायव उपरिक्षक शाहीले भने ।

युवा पुस्ता विचमा लोक प्रिय गायिकाको रुपमा स्थापित राईले धेरै गित युटुवमा राख्ने गरेकी थिइन । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी हुन । उनको खोजी कार्यमा कलाकार समेत सक्रिय रुपमा लागि परेका छन ।


सम्बन्धित समाचार