Logo

२३ असोज, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको चितवन क्षेत्र नम्बर २ बाट उमेद्वारी दिनुभएको छ । आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उमेद्वारी दर्ता गराउनुभएको हो । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग लड्ने उठ्ने चर्चा थियो । तर प्रचण्ड गोरखा पुगेपछि उहाँले चितवन २ मा उमेद्वारी दिनुभएको हो । समर्थकहरु सहित उहाँ निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।


सम्बन्धित समाचार