Logo

४ कार्तिक, पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नदेखिएपछि गठबन्धन गरेर जानुपर्ने परिस्थिती सृजना भएको बताएका छन । पोखरामा गण्डकी प्रदेशस्तरीय सत्ता गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्न सक्ने अवस्था आएको वताएका हुन । उनले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने र गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवाले आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र प्रधानमन्त्री बन्नु होला यो सवैको लागि महत्वपूर्ण उपलब्धि हुने बताए ।

समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्ने भन्दै देउवाले विगतका कुरा सम्झिएर काम नहुने हुदाँ राजनीतिमा समझदारी कायम गरेर अगाडी बढनु पर्ने बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले गठबन्धनका कतिपय नेता कार्यकर्तालाई अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो भएको बताए ।

‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न केही साथिहरुले आनाकानी गरेको सुन्नमा आएको छ, प्रचण्डले भने, ‘गठबन्धन गर्दा नै सबै सवैका चुनाव चिह्न स्वीकार गरेका हौं, आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’


सम्बन्धित समाचार