Logo

१९ माघ,वीरगञ्ज । भारतको बिहार पूर्वी चम्पारणमा गुड्दा गुड्दै गरेको रेलको डिब्बा छुट्टिएर दुई भागमा बाडिएको छ । सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको बोगी नम्बर बि ४ र बि ५ छुट्टिएको हो ।

रक्सौलदेखि आनन्द विहार तर्फ यात्रु बोकेर जादैँ गरेको रेलको डिब्बाआज बिहान ईन्डियन समयको ९ः१५ बजे सुगौलीदेखि बेतिया स्टेशनको बिचमा छुट्टिएको हो । अगाडी र पछाडीको रेलको डब्बा छुट्टिएर दुई भागमा बाडिँएको नेपाली यात्रु सुमित पटेलले जानकारी दिए ।

पछाडीको ८ वटा बोगीअचानक छुट्टिएर ५०–६० मिटर टाढा छुट्टिएर दुई भागमा बाडिँएको उनको भनाई छ । नेपाली तथा भारतिय यात्रु सवार उक्त ट्रेनमा पूरै बोगी भरिएको बताईएको छ । चल्दाचल्दै गरेको रेलको बोगी अचानक छुटिदाँ यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।

रेलमा सवार सम्पूर्ण यात्रुहरु सुरक्षित रहेका छन् । छुट्टिएको डब्बालाई पुनः जोडर रेल आनन्द विहार तर्फ लागेको पटेलले बताए ।


सम्बन्धित समाचार
भर्खरै