Logo

१९ फागुन, बारा । तराई यातायात व्यवसायी संघको कार्यक्रममा यातायात ब्यवसायीले सरकारसँग यातायात ब्यवसायमा लगानी गर्न बाताबरण बनाईदिन माग गरेका छन् ।

तराई यातायात ब्यवसायीसँगको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन कार्यक्रममा बोल्दै यातायात ब्यवसायीले दिनप्रतिदिन ढुवानी पेसाबाट ब्यवसायीहरु पलायन हुने अवस्था रहेकाले यातायात ब्यवसाय सञ्चालन गर्न सक्ने बाताबरण बनाईदिन सबै सरोकारवालाहरु अनुरोध गरेका छन् ।

यातायातका साधनहरु पर्किङ्ग गर्ने ठाउँको अभाव ,सड्कको अवस्था ठिक नहुनु ,बिमाबाट प्राप्त हुने क्षतीपुर्तिको रकम असिमित गर्नुपर्ने ,भारतीय गाडिलाई समानमा ढुवानीमा प्रतिबन्ध लगाउँनुपर्ने ,बढी तौल लोड गरेको गाडिलाई कार्बाही गर्नुपर्ने लगायतको माग राखेका थिए । साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यातायात व्यवसायीको पक्षमा आफ्नो साथ रहने बताउँनुभयो । उहाँले व्यवसायीले भोग्नुपरेका समस्याका समाधान गर्नका निम्ति आफूले पहलकदमी लिने बताउँनुभयो । कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासँघका अध्यक्ष हिरालाल श्रेष्ठले विमा नीति र यातायात नीतिमा हेरफेर गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

जीतपुरसिमरा २ स्थित संघको भवनमा साधारणसभा तथा अधिवेशन सुरु भएको हो ।अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । पाचौं अधिवेशनबाट निर्वाचित अध्यक्ष शंकरकुमार बिष्टको कोभिड १९ का कारण निधन भएपछि संघ नेतृत्वविहिन अवस्थामा छ ।

बिष्टको मृत्यु भएपछि बरिष्ठ कार्यबाहक अध्यक्षको रुपमा काम गर्दै आएका हरिशरण अधिकारीले राजिनामा दिएपछि द्धितीय उपाध्यक्ष सोहेल अख्तर अंसारी कार्यबाहक अध्यक्षको रुपमा छन् ।अंसारीकै अध्यक्षतामा साधारण सभा तथा अधिवेशनको उद्घाटन भएको थियो ।

कार्यक्रममा संविधानसभाकी सदस्य मधु शाही, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेपाल ट्रक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्र विक्रम बानिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रय उपाध्यक्ष रामप्रसाद सुवेदी, ढुवानी व्यवसायी महासंघका विश्वनाथ खनाल, यातायात व्यवसायी जगरनाथ प्रसाद कलवार लगायतको सहभागिता रहेको थियो ।

 

 


सम्बन्धित समाचार
भर्खरै