Logo

२० चैत, वीरगञ्ज । अगामी बैशाख १० मा हुन गइरहेको उप निर्वाचनमा बारा–२ मा मुख्य प्रतिस्पर्धा चार जना उम्मेदवार बिच हुने भएको छ ।चारै जना उमेदवार हरु मध्ये तीन जना उमेदवार हरु भने मङ्सिर ४ मा भएको निर्वाचनमा हारेका हुन भने,एक जनाले टिकट नै पाएका थिएनन् ।

बारा–२ मा जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका शिवचन्द्र कुशवाहा,रास्वपाक रमेश खरेल उमेदवार छन् ।यी तिनै जना मङ्सिर ४ मा पनि उठेर पराजित भएका थिए ।हारेका यी तिनैजना सित प्रतिस्पर्धा गर्न नेकपा एमालेले पार्टीका पोलिट ब्यूरो सदस्य एवम् पुर्ब मन्त्री पुरुषोतम पौडेललाई मैदानमा उतारेको छ ।

पौडेल भने मङ्सिर ४ को निर्वाचनमा टिकट नै पाएका थिएनन् ।यीनै चार उमेदवारहरु बिच मुख्य प्रतिस्पर्धा बैशाख १० मा हुनेछ ।जसपाबा उमेदवार बनेका पार्टीका अध्यक्ष उपेन्द्र यादव मङ्सिर ४ मा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसित हारेका थिए ।राउत सित यादव दोब्बर भन्दा बढी मतले हारेका थिए ।

राउतले ३५ हजार ४२ मत ल्याउदा यादवले १६ हजार ९७९ मत मात्रै ल्याएका थिए ।यादवले यस क्षेत्रबाट जितेका राम सहाय यादवलाई उप रास्ट्रपति बनाएर आफू फेरि चुनाव लडेर जित्दै संसदमा छिर्ने प्रयासमा बारा आइ पुगेका हुन ।अर्का उम्मेदवार जनमत पार्टीका शिव चन्द्र कुशवाहा पनि मङ्सिर ४ मा यसै क्षेत्र बाट हारेका थिए ।

उनी हालका उप रास्ट्रपति राम सहाय यादव सित झिनो मतान्तरले पराजित भएका थिए ।मङसिर ४ मा नेकपा माओवादी केन्द्र बाट उमेदवार बनेका कुश्वाहाले यसपालि टिकट नपाएपछि जनमत पार्टीमा प्रवेश गरि चुनाव लडि रहेका छन् ।जनयुद्ध काल देखि नै माओवादीमा रहेका कुशवाहा २०६४ सालमा संविधान सभा सदस्यमा जितेका थिए ।उनी आफुले क्षेत्रमा जित्ने भन्दै टिकटको लागि पार्टीमा प्रयास गरेपनि माओवादीले गठबन्धनबाट उपेन्द्र यादवलाई सघाउने निर्णय गरेपछि कुशवाहा पार्टी छाडेका हुन ।

यस्तै बारा–२ मा रास्वपाले उम्मेदवार बनाएका रमेश खरेल पनि मङ्सिर ४ मा हारेका उम्मेदवार हुन ।उनी सो बेला खरेल काठमाडौं– १ बाट आफनै नेतृत्वको पार्टी नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभामा प्रतिस्पर्धामा थिए। उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए। ७१४३ मत ल्याएर कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा ३१२४ मत ल्याउँदै खरेल चौथोमा सिमित भएका थिए ।पुर्ब डिआइजी खरेल पर्सामा एसपि हुदा तस्करी रोक्न तथा बिशेष गरि गाजा खेती जिल्ला बाट बन्द नै गराइ दिएका थिए ।

सोही बेलामा उनी मधेसका जिल्लामा चर्चा बटुलेका थिए ।जागिरे जिवनको बेलामा मधेसमा कमाएको लोकप्रियतालाई खरेलले चुनावमा प्रयोग गरि चुनाव जित्न बारा–२ मा उमेदवार भएका छन् ।यो क्षेत्रमा यी तीन जनालाइ टक्कर दिनको लागि एमालेले पार्टीको पोलिट ब्युरो सदस्य पुर्ब युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेललाई उम्मेदवार बनाएको छ ।

पौडेल २०५१ साल चुनाव जितेका थिए । २०७० सालको संविधान सभा सदस्यमा पनि उनी बारा–६ बाट जित निकाल्दै संविधान सभा सदस्य भएका थिए ।पहिले बारामा ६ वटा निर्वाचन क्षेत्र थियो ।अहिले भने चारवटा छन ।एमालेका पुरानो नेता पौडेल मङ्सिर ४ मा भने टिकट पाएन्न ।सो बेला टिकट नपाएका पौडेललाई भने बैशाख १० को लागि मौका दिएको छ ।


सम्बन्धित समाचार