Logo

२२ चैत, ठोरी पर्सा । पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।बाघलाई चितवन रास्ट्रिय निकुञ्जबाट आएको टोलि,पर्सा रास्ट्रिय निकुञ्ज,नेपाली सेनाको टोलिले नियन्त्रणमा लिएको ठोरि स्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए ।

बाघले पछिल्लो केही दिनदेखि ठोरीमा रहेका किसान् हरुको बाख्रा पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियोे ।बाघले विभिन्न ठोरिको घ्याङडाडा र माने चोक गाउँमा बाख्राको खोर नै रितो पारी दिएको थियो ।

निकुञ्जको टोलिले बितेको पाँच दिनदेखि घटना स्थलमा र बाघ हिड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको डाट टोलि परिचालन गरेको थियो ।बाघलाई डाट गरेर बुधबार पौने एक बजेको समयमा निकुञ्जको टोलिले नियन्त्रणमा लिएको हो ।

ओरीया खोला किनारमा रहेको पुलचोक सामुदायिक वनमा रहेको अवस्थामा प्राविधिक टोलीले डाट गरेर पाटे बाघ नियन्त्रणमा लिन सफल भएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिनुभयो । बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुन्ज , राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका चिकित्सक सहितको प्राविधिकहरु, निकुन्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा सशस्त्र प्रहरीले ५ दिनदेखि बाघको लगातार निगरानी गरिरहेका थिए।

बाघ बसिरहेको क्षेत्र पत्ता लगाउन सफल भएपनि प्राविधिकहरुले छैटौँ दिनमा मात्र बाघ नियन्त्रणमा लिन सफल भएका हुन्। बाघ नियन्त्रण गर्नकै लागि हात्ती सहित प्राविधिकहरु , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी , नेपाली सेना र सशस्त्र प्रहरी तथा स्थानीयबासीहरु खटिएका थिए।

ठोरी ४ को कुसुमवाटिका उपभोक्ता समिति अन्तरगतको विभिन्न क्षेत्रमा दुख दिदै आइरहेको सो बाघले गोठमा नै झम्टेर एक दर्जन भन्दा धेरै बाख्रा र एउटा भैंसीको पाडो नै मारेको थियो । बाघकै कारण रात परेपछि स्थानीयहरु घरबाहिर निस्कन समेत डराउनुपर्ने अवस्थाले वस्ती नै त्रसित भएको थियो ।


सम्बन्धित समाचार