Logo

२० जेठ,मुम्बई। प्रभास, कृति सेनन र सैफ अली खानको प्रतिक्षित फिल्म ‘आदिपुरुष’ हिन्दू पौराणिक महाकाव्य रामायणमा आधारित फिल्म रिलिजको अन्तिम तयारीमा छ । यो सबैभन्दा महँगो भारतीय फिल्म मध्ये एक हो, जसको बजेट रु. पाँच सय करोड हो।

प्रभासले ओम राउतको निर्देशनमा भगवान रामको भूमिका गरेका छन् जसले पहिले पिरियड एक्शन फिल्म ‘तानाजी’ को निर्देशन गरेका थिए।

आदिपुरुष फिल्म ₹४०० करोडको बजेटमा बनेको सबैभन्दा महँगो भारतीय चलचित्र हो। यस चलचित्रको भिजुअल इफेक्टमा ₹२५० करोड खर्च हुने अनुमान गरिएको छ। मूल बजेट सुरुमा ₹४०० करोड अनुमान गरिएको थियो। तर फिल्मको टिजरमा भिजुअल इफेक्ट, CGI, लाइटिंग र कलर ग्रेडिङ गर्न मा बजेट ₹५०० करोड पुगेको थियो। यसलाई हिन्दी र तेलुगु भाषामा एकैसाथ छायांकन गरिएको छ। यो चलचित्र थ्रीडीमा पनि रिलिज हुने छ।

यो फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतहुलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । फिल्म करिब ५ सय करोडको बजेटमा बनेको छ ।

फिल्मले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाएको हाे । यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १ सय ८५ करोड कमाएको छ ।

फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन् । फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १ सय करोड कमाई गर्ने उनीहरुको ठोकुवा छ ।


सम्बन्धित समाचार