Logo

२ कात्तिक,वीरगञ्ज । रोटी बेटीको सम्बन्ध भन्ने बित्तिकै नेपाल–भारत सम्बन्ध बुझिन्छ । छिमेकी देश भारतसंगको सम्बन्धको चर्चा हुँदा प्रायः सुनिने वा भनिने शब्द हो यो ।
हुन पनि हो, नेपाल–भारत सम्बन्ध एउटा छिमेकी देशको सम्बन्ध मात्रै होइन । पब्लिक टु पब्लिक सम्बन्ध छ । सांस्कृति तथा धार्मिक सम्बन्ध छ । रहनसहन उस्तै छ, जसकारण दुबै देशका नागरिकबीच भावनात्मक नाता गाँसिएको छ । एक अर्कामा सम्मान छ, माया छ ।

यहीकारण होला यी दुबै देशका नागरिकले एक अर्काको देशमा निस्फिक्री आवतजावत मात्रै गर्दैनन्, काम धन्दा, नोकरी, व्यवसाय समेत निर्धक्क साथ जीवनयापन गरिरहेका हुन्छन् ।
यसका कैयौं उदाहरण छन्, त्यसमध्ये एक उदाहरणको नाम हो सफिउररहमान (बाबर) । उनी भारत विहार निवासी हुन्, जो नेपालमा विगत लामो समयदेखि बस्दै आइरहेका छन् । अर्थात् बीरगन्ज उनको कर्मभूमि बनेको छ । यही कर्मभूमिमा उनको परिचय बन्दै गयो बाबरको नामले ।

भारतीय बाबर बीरगन्जमा आफ्नो जीवनको आधा समय बिताइसकेका छन, टायरको पसल चलाएर । उनी बीरगन्जमा निरन्तर ०४६ सालदेखि बसोबास गर्दै आइरहेको बताउँछन् ।
बाल्यकालको अवस्थादेखि बाबर बीरगन्जलाई कर्मथलो बनाइ निरन्तर काम गरिरहेका छन् ।

बीरगन्जको पुरानो बसपार्कमा १३ वर्षको उमेरदेखि बाबर गाडीको टायर बनाउँने काममा लागे । त्यो बेलादेखि सुरु गरेको टायर मर्मतको काम अहिलेसम्म चलिरहेको छ । यही पेशाबाट बाबर आफ्नो घरको गुजारा चलाइरहेका छन् ।

तर गुजारा चलाउने टायरको कामले भने एकदिनको उनको जीवनमा नमिठो घटनासमेत घटायो । तर उनले यसबाट ‘बीट’ भने मारेनन्, बरु आफ्नो संघर्ष जारी नै राखे ।
खासमा उनी बाल्यकालमा टायर बनाउने काम गरिरहँदा एउटा दुर्घटना भयो, त्यो हो टायर पड्क्निु ।

जसका कारण उनलाई ठूलो चोट मात्रै पु¥याएन, उनले एउटा खुट्टा नै गुमाए । जुन बेला उनी १३ वर्षको मात्रै थिए ।
खासमा उनी सानो गाडीको टायर बनाइरहेका थिए, त्यही एक्कासी हावा बनाउने ट्याङकी पड्कियो, जसकाकारण उनको दाँया खुट्टामा ठूलो चोट लाग्यो ।

त्यो घाँउ यतिसम्म बढ्यो कि चिकित्सकले पछि उनको खुट्टा नै काट्न लगायो । त्यही बेलादेखि बाबर एउटा खुट्टाको सहाराले काम गर्दै आइरहेका छन्, अनावरतरुपमा यसरी गरेको पनि करिब ३४ वर्ष पुग्न लागेको छ । कामसंगै उनले आफ्नो जीवन अध्यायमा अर्को साथी पनि थपे, प्रेमिकारुपमा ।

बाबर अशक्त भएपनि विवाह भने प्रेम विवाहलाई रोजे । गाउँकै मन मर्ने दौतरीसंग प्रेम गरेर विवाह गरे । यो विवाह गर्न पनि उनलाई सहज भने थिएन । थुप्रै रचना रच्नुप¥यो । अन्ततोगत्वा गाउँकै सिम्मी खातुनसंग उनको लगनगाँठो गाँसियो । बाबरको अहिले २ वटा छोरी र २ वटा छोरा छन् ।

 


सम्बन्धित समाचार