Logo

कार्तिक १२, काठमाडौं । नेपालको चार दिने भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भेटघाटमा व्यस्त हुनुभएको छ ।

गएराति काठमाडौं आईपुग्नुभएका गुटेरसले आइतबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसंग भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा गुटेरस र साउदबीच वार्ता भएको हो । परराष्ट्रमन्त्री साउदसंगको भेटलगत्तै महासचिव गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटवार्ताका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको छ ।

प्रधानमन्त्री दाहाल र महासचिव गुटेरसबीच अहिले दुई पक्षीय वार्ता चलिरहेको छ । गुटेरसले आजै राष्ट्रपति पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवनमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ ।

उहाँले आजै पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण पनि गर्नु हुनेछ । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गर्दै हुनुहुन्छ ।


सम्बन्धित समाचार