Logo

२ साउन,काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले हटाएको छ।

हिंसापीडितको न्यायको माग गर्दै आवाज उठाउँदै आएकी ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले सिंहदरबार गेटबाट बल प्रयोग गरी हटाएको हो।

उनीहरू गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या राख्न पाउनुपर्ने मागसहित पछिल्लो पाँच दिनदेखि सिंहदरबारको गेटमा धर्ना दिँदै आएका छन्।

प्रहरीले धर्नास्थलबाट हटाउने क्रममा बल प्रयोग गरेको र उनीहरूलाई लछार–पछार गरेको आरोप लागेको छ। यसअघि पनि उनीहरूलाई सिंहदरबार प्रवेश क्षेत्रबाट हटाउने गरिएको बताइएको छ।

धर्नामा रहेका महिलाहरूले आफूहरूले लामो समयदेखि न्यायका लागि आवाज उठाउँदै आए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गर्दै आएका छन्।


सम्बन्धित समाचार