२५ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलि हार्डवेयरका सामानसहित ४ ट्रक नियन्त्रणमा लिएको छ ।
भारतीय ट्रकहरुको जाँच गर्ने क्रममा बारा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयरका सामान लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
बारा प्रहरीका अनुसार बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको भारतीय नम्बरको ट्रकबाट करिब १ करोड ६४ लाख भन्दा बढीको हार्डवेयरको सामानसहित ट्रक पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए ।
उनका अनुसार बरामद चारवटै ट्रकमा बिल बिजक भन्दा बढी सामान भेटिएपछि सबै ट्रकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीले भारतीय ट्रकबाट पीपी होम राफिया र डीएल फिटिङका सामान बारमद गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले पीबी १३ बीडी ९१८८, एचआर ४५ सि ९६८०, डब्लुबी २३ सि २८७३ र डब्लुबी ०३ डि २५१६ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा रहेका सबै भारतीय ट्रकहरुमा थप अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी बताउँछ ।

















