Logo

१७ पुस,वीरगञ्ज । वीरगञ्ज लगायत तराइमा आजदेखि फेरी हुस्सु शुरु भएको छ । तीनदिनदेखि मौसम बदली भएर घाम नलागेपनि हुस्सु भने लागेको थिएन ।
तर, आज बिहानदेखि फेरी हुसु लागेको छ ।

तराइका जिल्लामा तीन दिनदेखि अत्यन्त कठ्याङ्ग्रिने चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।
हुस्सु र चिसो हावा चल्दा अति विपन्न गरिबलाई समस्या भएको छ ।

फुसको घरमा बस्ने तथा न्यानो ओढ्ने–ओछ्याउने नभएका परिवारमा चिसोले समस्या पार्न थालेको छ ।शरीर ढाक्ने न्यानो कपडा नभएका अति विपन्न परिवारहरु चिसो छल्न आगो अर्थात् घुर बालेर ताप्न थालेका छन् ।

पुस १३ गते सम्म दिनभर घाम लागेर न्यानो रहेको मधेशको मौसम तीन दिनदेखि बिग्रिएर कठ्याङग्रिदो जाडो बढेको हो ।आजबाट बिहान बाक्लो हुस्सु लागेर शित खस्न थालेको र दिउँसो पनि घाम नलागेका कारण घरबाहिर निस्कनै समस्या पर्न थालेको छ ।

कठ्याङग्रिदो चिसोका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।
घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


सम्बन्धित समाचार