Logo

९ माघ,वीरगञ्ज । वीरगञ्जमा सोमबारदेखि करौँडोको लागतमा बिल्ड मार्ट सञ्चालनमा आएको छ । वीरगञ्ज वडा नं. १६ लिंकरोडमा इशा बिल्ड मार्ट सञ्चालनमा आएको हो ।
वीरगञ्जका युवा उद्यमीहरु राकेश साह, सन्दिप अग्रवाल, अनुप अग्रवाल र दिनेश बंकाले संयुक्त रुपले मार्ट सञ्चालनमा ल्याएका हुन् । झण्डै १५ करोडको लगानीमा मार्ट सञ्चालनमा आएको सञ्चालकहरु बताउँछन् ।

घर निर्माण गर्दा आवश्यक पर्ने सामग्रीहरु एउटै छानामुनि उपलब्ध गराउने हेतुले मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक अनुप अग्रवालले बताए । उनले भने, ‘मार्ट खोल्नुको मुख्य उद्देश्य ग्राहकवर्गलाई निर्माण सामाग्री खरिद गर्न सहज बनाउनु नै हो ।’

मार्टमा घर निर्माणसम्बन्धी सेनेटरी वेयर, टायल्स, मार्बलसाथै इलेक्ट्रिक फिटिङ्गका गुणस्तरीय सामग्री एउटै छनामुनि सुपथ मूल्यमा पाइने सञ्चालकहरु बताउँछन् । मार्टमा सिल्क वेयर, अमेरिकन स्ट्यान्डर्ड लगायत विभिन्न ब्राण्डका सेनेटरी आइटमहरु, एजीएल, नेपोभिट लगायतका टायल्सहरु, ओम, शिवम, पञ्चकन्या लगायतका पाईप फिटिङका सामाग्रीहरु तथा लिग्रान्ट, ओपल लगायत अन्य बिजुलीका सामानहरु उपलब्ध छन् ।

अर्का सञ्चालक राकेश साह भन्छन्, ‘घर बनाउनुपर्दा १० वटा पसल चहार्नुपर्ने, १० किसिमको मिस्त्रीकोमा धाउनुपर्ने हुन्छ । विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुसँग त्यसका लागि समय नै हुँदैन । घरमा के सामाग्री लगाउने रु कहाँ लगाउने रु कसरी लगाउने रु कति खर्च लाग्छ रु सबै ठेकेदार वा मिस्त्रीकोमा भरमा हुन्छ । यसो हुँदा गुणस्तर र लागत दुवैमा सम्झौता गर्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘मार्ट एकै ठाउँमा सबैखाले सामाग्री पाइने हुँदा यी सबै झण्झटबाट मुक्ति मिल्छ । गुणस्तर र लागतमा सम्झौता गर्न पर्दैन ।’ देशको अर्थतन्त्रमा सुधार आएपछि थप सामग्रहिरु छड सिमेन्ट लगायतका निर्माण सामाग्री समेत उपलब्ध गराउने तयारीमा रहेको सञ्चालकहरु बताउँछन् ।

सोमबार वीरगञ्ज महानरगपालिकाका नगरप्रमुख राजेशमान सिंहले इशा बिल्ड मार्टको उद्घाटन गरेका थिए ।


सम्बन्धित समाचार