Logo

१० माघ,वीरगञ्ज । बारा प्रहरीले ३१ लाख मूल्य बराबरको खुद्रा सामान तथा प्याज पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरीले टोली उक्त मूल्य बराबरको सामानसहित सवारी पक्राउ गरेको हो ।

प्रहरीलाई प्राप्त विशेष सूचनाको आधारमा जाँच गर्दा सामानसहित पिकअप तथा ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित सडकखण्डबाट सामानसहित पिकअप तथा ट्रक बरामद गरेको प्रहरी बताँउछ ।

वीरगञ्जबाट काठमाण्डौ र रौतहटबाट चितवनतर्फ जाँदै गरेको गाडीहरु रोकेर जाँच गर्दा बिलबिजक शंकास्पद देखिएपछि पिकअप तथा ट्रक नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।

प्रहरीले ना ३ ख ४५३० नम्बरको ट्रकबाट खुद्रा सामान, प्र–२–०३–००१ च २३९४ पिकअपबाट दुई हजार ६ सय केजि प्याज र बा प्र–०३–००१ ख ०१८९ नम्बरको बसमा लोड रहेको चारसय किलो प्याज बरामद गरेको उनले बताए ।

बरामद सामानको मूल्यांकन ३१ लाख ६ हजार ३ सय रुपैँया कायम गरिएको छ । बरामद सामानसहित पिकअप तथा ट्रकलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार