Logo

११ माघ,वीरगञ्ज । पर्सा प्रहरीले करोडौँ मुल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको छ । बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका सामानहरू लोड रहेको ट्रक प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं।१४ गण्डकचोकस्थित सडकखण्डबाट ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ । राजश्व छलेर बिल बिजकभन्दा बढिका सामान लोड रहेको ट्रक वीरगञ्जबाट काठमाण्डौँतर्फ जादै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले ना ६ ख ८३०५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्साका प्रवक्ता सूचना अधिकारी कुमारबिक्रम थापाले जनाए ।

ट्रकमा लोड रहेको सामानको भिसिटिएस बिल शंकास्पद देखिएपछि पक्राउ गरिएको उनले बताए ।

सामानको मूल्यांकन एक करोड १३ लाख ८ हजार ८९० कायम गरि थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार