Logo

१३ माघ,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ सवैयामा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थामा गएराति चोरी भएको छ । सहकारी संस्थाको कार्यालय भवनको मूल गेटमा लगाईएको ताल्चा फोडेर भित्र कार्यालय प्रवेश गर्ने गेट समेत फोडेर चोरी भएको सहकारी संस्थाकी अध्यक्ष गोमा उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाडोको समयमा मध्य रातको १२ बजे सुनसान भएपछि चोर समूहले सहकारीको कार्यालय भित्र प्रवेश गरी नगद रकम खोजी गर्दा कार्यालयका कागजपत्रहरु छरेर छरपस्ट पार्नुका साथै नगद गणना गर्ने टेलर मेशिनमा समेत क्षति पु–पाएको छ ।

सहकारीको कार्यालयमा नगद नराख्ने भएकोले चोरी गर्नेहरुले टेबलका घर्र्रादेखि दराजमा खोजी गर्ने क्रममा काजगपत्रहरुमा क्षति पु¥याएको संस्थाका व्यावस्थापक विरेन्द्रराज कडेंलले बताउनुभयो । चोरको घटनाको विषयमा प्रहरीलाई जानकारी गराईसकिएको र प्रहरीले अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार