Logo

१३ माघ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २१ लाख बराबरको खुद्रा समानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा चलाएको जाँचको क्रममा सिमरा पथलैयाबाट प्रहरीले खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख ६०४६ नम्बरको ट्रकको जाँच गर्दा प्रहरीले बिल विजक भन्दा बढी समान पाइएपछि पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार पथलैयाबाट २१ लाख ६१ हजार बराबरको समानसहित ट्रक पक्राउ गरिएको हो । बरामद खुद्रा समानसहित ट्रक आवश्यक कारबाहीको लागि पथलैया राजश्व कार्यालयमा पठाइएको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार