Logo

१४ माघ,काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो । कानुन समितिको बैठक बिहान ११ बजे र राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

कानुन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधनका सम्बन्धमा छलफल हुनेछ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार