Logo

१५ माघ,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले राजनीतिक सङ्क्रमण अझै रहेको बताउँदै त्यसका लागि प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सोमवार वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै उनले प्रेस समाज रूपान्तरणका लागि सञ्चालन हुनुपर्ने बताए ।उनले भने, ‘प्रेस राज्यको चौथो अङ्ग हो । समाज रूपान्तरणका लागि प्रेस सञ्चालन भएको हो ।

प्रेसको काम अझै बाँकी छ, बाँकी कामहरू गर्नुपर्छ ।’सो पार्टीका केन्द्रीय सचिव समेत रहेका उनले पछिल्लो समय सामाजिक सञ्जालले सूचना प्रवाहका लागि सहजता थपिदिए पनि चुनौती थपिएको बताए ।
पोखरेलले भने, हामी पहिला प्रिन्ट मिडियामा आश्रित थियौँ, अहिले डिजिटलमा गएका छौ ।

सामाजिक सञ्जालहरू सूचनाका लागि जसरी सहज भएको छ त्यसरी नै चुनौती थपिएको छ । विकृति र अश्लीलता बढी देखिन्छ ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा देखिएको विकृतिलाई नजर अन्दाज गर्न मिल्दैन । सरकारले त्यसको व्यवस्थापनका लागि काम गर्नुपर्छ ।’उनले सञ्चारमाध्यम ठुला उद्योगपतिको हातमा गएको बताउँदै ती सञ्चारमाध्यामहरुमा जनताको कुरा नआएको बताए ।


सम्बन्धित समाचार