Logo

१६ माघ,वीरगञ्ज । बारा प्रहरीले बिल विजक भन्दा बढी लोड रहेको खुद्रा समानसहित ट्रक पक्राउ गरेको छ ।
करिब साढे ४२ लाख मूल्य बराबरको खुद्रा समानसहित बाराबाट ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा बारा प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानले बताए ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकलाई जाँच गर्दा विल बिजक भन्दा बढी लोड रहेको समान पक्राउ गरिएको प्रहरीले बतायो ।
प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

ट्रकबाट ४० लाख ४४ हजार ७२७ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी बारा प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले गुट्खा र चुरोट ३ बोरा २ झोला र १ कार्टुन गरी २ लाख मूल्य बराबरको समान पक्राउ गरेको बताएको छ ।


सम्बन्धित समाचार