Logo

१६ माघ,वीरगञ्ज । पर्सा जिल्लामा शहिद दिवस मनाइएको छ । संघिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमँत्री रमेश रिजालको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

वीरगञ्जको गण्डकस्थित शहिद तेज बहादुर अमात्य र नारायणी अस्पतालस्थित शहिद थिरबम मल्लको सालिकमा माल्यापर्ण गरि दिवस मनाइएको हो । सो अवसरमा शहिदहरुको बलिदानीको स्मरण गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटा, नेपाली कांग्रेसका पर्सा सभापति तथा प्रदेश सदस्य जनार्दन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार