Logo

१६ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भन्सार छलीका सामान बरामद गरेको छ । ३६ लाख बराबरको भन्सार छलीका सामान पर्साबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१० वटा साईकलमा लोड गरी ल्याउदै गरेको अवस्थामा कस्मेटिक्स सामान तथा जुत्ताहरु पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता संगम श्रेष्ठले बताए । प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा ३६ लाख ३९ हजार ९ सय मूल्यका सामानहरु पक्राउ गरेको उनले जनाए ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ भुटनदेवी मन्दिर पछाडीबाट सामान बरामद गरेको सशस्त्र प्रहरी बताँउछ ।

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सामान पक्राउ गरेको प्रहरी नायब उपरिक्षक श्रेष्ठको भनाइ छ ।

पक्राउ परेका सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार