Logo

१७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीलाई आएको बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गस्ती गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद रूपमा बाटोको छेउमा उभिएर कुराकानी गर्दै गरेको अवस्थामा खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी कुमारबिक्रम थापाले जनाए ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका वडा नंं ५ वस्ने ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेका छन् ।

तीनैजनाले लगाएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेको प्रहरी बताउँछ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार