Logo

१७ माघ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा बजार विस्तार तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नंं ७ स्थित उद्योग वाणिज्य संघ सिम्रौनगढको सभा कक्षमा कार्यक्रम सम्पन्न भएको हो । घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा सिम्रौनगढ बजार बिस्तारमा ध्यान दिनुपर्ने विषयबारे छलफल गरिएको थियो । यस्तै बजार व्यवस्थापनमा नगरपालिकाको भुमिका, व्यापारी, उपभोक्ताको काम कर्तव्य र अधिकार तथा व्यापार व्यवसायमा लाग्ने कर, घरेलु उद्योग व्यापार लगायतका बारेमा छलफल गरिएको हो ।

घरेलु उद्योग बारा प्रमुख धर्मेन्द्रलाल कर्ण, कर अधिकृत पप्पु कुमार गुप्ता, मुकेश यादव र उपभोगत हित संरक्षण मन्चका अरुण खनालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । अन्तक्रियामा ६० जना सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार