Logo

१७ माघ,वीरगञ्ज । बाराबाट १० किलोग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित टेढाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय पवन गिरी रहेका छन् ।

टेढा रोडदेखि पर्साको मिलन चोकतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । पैदल हिँडिरहेका गिरीलाई शंका लागि जाँच गर्दा उनको साथबाट २ वटा झोलाभित्र ५÷५ किलोको दरले १० किलो गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धि कसुरको मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताउँछ ।

 


सम्बन्धित समाचार