Logo

१८ माघ,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा स्थानीय महिलालाई उद्यमी बनाउँने उदेश्यले उद्यमशीलता विकास तालिम सुरु भएको छ । उपमहानगरपालिकाको उद्यम बिकास शाखाको आयोजनामा ८ दिने उद्यमशिलता बिकास तालिम सुरु भएको हो ।

उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ दिपनारायण रायले तालिममा ३ दिने ब्यवसाय सचेतना तालिम, ४ दिन ब्यवसाय सुरु तालिम र १ दिन लैङ्गिक सचेतना तथा समाजिक समावेशिकरण तालिम प्रदान गरिने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ मा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तर्गत सुरु भएको तालिम माघ २४ गते सम्म चल्नेछ ।

स्थानीय महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक महिलाहरुको लागि तालिम उपयोगी हुने बिश्वास जीतपुरसिमराका मेयर राजन पौडेलले ब्यक्त गरे । यस्तो किसिमको तालिम उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनामा फलदायी हुने उनले बताए ।

आव ०८०÷०८१ मा एकसय ५० जना नयाँ उद्यमी सिर्जना गर्न४ वटा वडा छनौट भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । तालिममा व्यवसायको परिचय, प्रकार, सफल उद्यमीका बिशेषताहरु, ब्यवसाय छनौट, प्रति इकाई उत्पादन लागत, बिक्रि मुल्य निर्धारण, नाफा– नोक्सान, लगानीको प्रतिफल र पारबोन्दुबारे जानकारी गराउने उद्यम बिशेषज्ञ रायल बताए ।

वडा नं.२१ का वडा अध्यक्ष सुबास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल रहेका थिए । कार्यक्रममा वडा सदस्य जमुना गौतम, सिता बिक, साना किसान कृषि सहकारी सस्थां लि डुमरवानाका उपाध्यक्ष सुकुमाया लामा र नगर प्रमुखका स्वकिय सचिव उदय श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ रायले गरेका थिए ।


सम्बन्धित समाचार