Logo

१८ माघ,जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सल्लाह नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

जनकपुरधाममा बिहीबार समाजावादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले राजदरबार हत्या काण्डबारे बोल्दा प्रधानमन्त्री प्रचण्डले आफुहरुसंग सल्लाह नलिएको आरोप लगाउँदै उनले प्रधानमन्त्री प्रचण्डलाई विचार नपुर्याएर बोल्न सुझाव दिएका हुन् ।

उनले विगतको स्मरण गर्दै भने, ‘ स्वर्गीय गिरिजाबाबु मसंग पनि सल्लाह गरेर बोल्नुहुन्थ्यो, राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डले कसरी अचानक बोल्नु भो, खै ।’ भन्दै आश्चर्यचकित हुँदै प्रतिप्रश्नसमेत गरे ।

अध्यक्ष नेपालले राजतन्त्र स्मशान घाटको मुर्दा भइसकेकाले कसैले चाहँदैमा फर्काउन नसक्ने र फर्काउन पनि नदिइने बताए ।

उनले प्रचण्ड सरकारको एक वर्षे कामकाजको समीक्षा हुनुपर्ने बताउँदै अध्यक्ष नेपालले अहिलेको गठबन्धन पाँच वर्षसम्म र कसैले बिर्गान नसक्ने दावीसमेत गरे । उनले प्रधामन्त्री प्रचण्डको प्रशंसा गर्दै भने, ‘ प्रधानमन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु पनि गरिरहनु भएको छ ।’


सम्बन्धित समाचार