Logo

१८ माघ, वीरगञ्ज । कर्णली प्रदेस प्रशिक्षण प्रतिष्ठानको आयोजना प्रदेश अन्तरगत नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुको लागि प्रसंसनिय खोज तालिम सम्पन्न भएको छ । दुई चरणमा गरी ६ दिन सम्म सञ्चालन भएको तालिममा कर्णाली प्रदेशका ५२ जना प्रमुख तथा उपप्रमुखहरुको सहभागीता रहेको थियो ।

समाजमा तिव्र गतिमा परिवर्तन भएकोछ भनिए पनि हाम्रा सोच, आदत, बानीहरु, योजना तर्जुमा तथा कार्यान्वयन पद्धतीमा सुधार हुन नसकेको अवस्थामा तालिम उपलब्धी मूलक रहेको सहभागीहरुको भनाई छ ।

नयाँ नेपाल निर्माणमा निर्वाचित जनप्रतिनिधि लागिपरेपनि जनअपेक्षा काम हुन नसकेको गुनासो आइरहेको अवस्थामा तालिमले नयाँ उर्जा थपिएको सहभागी जनप्रतिनिधिहरुको भनाई छ । एकातिर सुचना प्रविधी सहित विश्वमा तिव्र गतिमा भएको परिवर्तन र त्यसले पारेको प्रभाव, अर्कोतिर नेतृत्वतहमा देखिएको पुरातनवादी सोच र कार्यशैलीले गर्दा पालिकामा भएको श्रोत, साधनको अधिकतम सदुपयोग हुन सकेको विज्ञहरुको भनाई छ ।

नागरीकहरुको मिहिनेत र कडा परिश्रम, सरकारी, गैरसरकारी र नीजि क्षेत्रको अठोटका बाबजुद पनि सोचे जस्तो परिवर्तन हुन सकेको छैन । विभिन्न चरणमा भएका प्रयास र योगदानका बाबजुद नेतृत्व तहमा देखिएको यथास्थितीे सोचका कारण संभावनाको सकारात्मक प्रष्फुटन हुन नसकेकोले राजनीतिक परिवर्तन पछि पनि जनअपेक्षित सुधार हुन नसकेको विज्ञहरुको भनाई छ ।

स्थानीय तहमा रहेका नेतृत्व गर्ने प्रमुख तथा उपप्रमुखहरुको सोचमा आमुल रुपान्तरण गर्न नयाँ ज्ञान, सिप र दक्षता बिकासको खाँचो रहेकोले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रसंसनीय खोज तालिमको आयोजना गरेको डाक्टर रामचन्द्र लामिछानेले बताउनु भयो ।

प्रशंसनीय खोज भनेको मानिसहरु, उनीहरुको संस्था र उनीहरुको चारैतिर छरिएर रहेको सकारात्मक र सर्वोत्तम कुराहरुको सहभागीतमुलक पद्धतीबाट खोजी गरी तीनै सरकारात्मक र सर्वाेत्तम कुराहरुमा आधारीत भएर सकारात्मक रुपान्तरणको खाका कोर्ने एक पद्धति भएको डाक्टर लामिछानेको भनाई छ ।

तालिममा पालिकाहरुले गरेका नयाँ प्रयास र सफलताहरुको प्रसंसनीय दृष्टिकोणवाट खोजविन गरेर जनप्रतिनिधीहरु, कर्मचारीहरु, स्थानीय जनसमुदायहरु, भुगोल, ऐन, कानुन, नियमका बारेमा सहभागीहरुले खुलेर भाग लिएका थिए ।

महावु गाउँपालिकाका अध्यक्षका अनुसार यस तालिमले जनप्रतिनिधिको रुपमा सोच्ने तरीकामा आमुल परिवर्तन ल्याएको बताउनु भयो । उहाँले गाउँपालिका भित्र छरिएर रहेका अवसरहरु नयाँ तरिकाले हेर्ने र बुझ्ने गरी सिकाई भएको जानकारी दिनु भयो ।

सबैको सहमतीमा निर्माण गरिएको साझा दृष्टिकोणलाई वास्तवीकतामा रुपान्तरण गर्ने सहभागीता मुलक पद्धतीमा रहेर कसरी नयाँ संरचना निर्माण गर्ने भन्ने सिप पनि तालिममा सिक्न पाएको कुरा रासकोट नगरपालिकाको प्रमुखले बताउनु भयो ।

पालिकाको सवल पक्षहरु, नयाँ दृष्टिकोण र संरचनामा आधारीत रहेर पालिकाको नयाँ कार्ययोजना तयारगरी पालिकाको सकारात्मक रुपान्तरणको खाका तयार गर्ने सिप तालिमले सिकाएको र समुदाय स्तरमा समेत यस्तो तालिम सञ्चालन गर्न सकेमा समुदायको पनि सकारात्मक रुपान्तरण हुने कुरा शारदा नगपालिकाका प्रमुखले बताउनु भयो ।

तालिमले चुनावताका नागरीक समक्ष गरेका प्रतिवद्धतालाई कसरी पुरा गर्न सकिन्छ भन्ने कुरा सिकाएको र गाउँ गाउँमा सिहदरवारको सकारात्मक प्रभाव कसरी छोडन सकिन्छ भन्ने कुरा समेत सिकाएको कुरा सहभागीहरुले ब्यक्त गरेका थिए ।

तालिममा नयाँ दृष्टिकोण निर्माणका आधार कसरी खोज्ने भन्ने वारेमा प्रसंसनी खोज दृष्टिकोणका ५ डि मोडेलको प्रयोग गरिएको थियो र जननिर्वाचत आधुनिक कर्णाली, समृद्ध, समाजिक न्याय र समावेशी प्रणाली भन्ने साझा दृष्टिकोण (सपना) निर्माण गरिएको थियो ।

तालिमले कर्णाली प्रदेशका पालिकाहरुका नयाँ दृष्टिकोण विकास गर्न सक्छ भनेर नै आयोजना गरिएको कुरा कर्णाली प्रदेश प्रशिक्षणका कार्यकारी निर्देशक तथा कर्णाली सरकार मुख्य मन्त्रि कार्यालयका सचिव विष्णु कोइरालाले बताउनु भयो ।

तालिमको सहजीकरण प्रसंसनीय खोज विधीका सर्टिफाइड प्रशिक्षक डा. राम चन्द्र लामिछानेले गर्नु भएको थियो


सम्बन्धित समाचार