Logo

१९ माघ,काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संघीय संसद् भवनमा अपराह्न २ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए।बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि छलफल गर्ने बताइएको छ।


सम्बन्धित समाचार