Logo

२१ माघ,वीरगञ्ज । पर्सा प्रहरीले प्रतिवन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले एकजना पुरुषलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२३ प्रसौनी टोल बस्ने १८ वर्षीय राकेश दास तत्वा रहेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् सूचना अधिकारी कुमार बिmत्रम थापाले जनाए ।

पैदल हिडिँरहेका राकेशलाई शंका लागि जाँच गर्दा कालो प्लाष्टिकको झोलामा लुकाईछिपाई राखिएको लागुऔषध ओनेरेक्स २७ बोत्तल फेला पारेको उनले बताए ।

पक्राउ परेका राकेशविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले बतायो ।

 


सम्बन्धित समाचार