Logo

२१ माघ,वीरगञ्ज । बाराबाट प्रहरीले झण्डै ३५ लाख मूल्य बराबरको प्याज र खुद्रा सामान पक्राउ गरेको छ । प्रहरीका विभिन्न इकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले ३४ लाख ८७ हजार २ सय १८ मूल्य बराबरका सामान पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेकाले सामानसहित सवारी साधनहरु नियन्त्रणमा लिइएको बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय जीतपुरले ७ वटा सवारीबाट ११ लाख ८७ हजार ७५० रुपैयाँ बराबरको प्याज र ११ लाख ९२ हजार ९७४ रुपैयाँ बराबरको खुद्रा सामान नियन्त्रणमा लिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय अमलेखगन्जले ११ लाख ६ हजार ४९४ रुपैयाँ बराबरको किराना सामग्रीसहित ट्रकलाई नियन्त्रण लिएको छ ।

प्रहरीले ग १ ख ५९१४, ग ३ च ६३१३, म प्र २–०३–००१ च ३३०४, म प्र २ ०३ ००१ च ७०९८, म प्र २ ०३ ००१ च ५६२५, बा प्र ०३ ००१ च ०३०६, बा प्र ०३ ००१ च १९७२, ना २ ख ९४२८ र ना ६ ख ७९७२ नम्बरको गाडीहरुबाट प्याज तथा खुद्रा सामान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सामान तथा गाडीबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले बतायो ।

 


सम्बन्धित समाचार