Logo

२१ माघ,वीरगञ्ज । बीरगञ्जमा हुन लागेको सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवम ९ दिवसीय श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

महायज्ञ व्यवस्थापन मूल समितिले आज महायज्ञ परिसरमा पत्रकार सम्मेलन गर्दै महायज्ञको तयारी ८० प्रतिशत भन्दा बढी भइसकेको जनाएको छ ।

बीरगञ्जको पीपरा मठ नृसिंह क्षेत्र एवम पशुपतिनाथ मन्दिर परिसरमा हुन लागेको महायज्ञको कलस यात्रा यही २७ गते विहान ८बजेदेखि निस्कने कार्यक्रम तय भएको मूल आयोजक समितिले जानकारी दिएको छ ।

महायज्ञको शुभारम्भ भने २८ गते शनिबार विहान ११ बजेदेखि हुने महायज्ञ संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा) ले बताए । उनका अनुसार त्यो दिनदेखि ९दिनसम्म महायज्ञ चलिरहनेछ ।

देशमा उत्पन्न समस्या तथा आर्थिक संकटको समस्या समाधानतर्फ मद्दत पुगोस भन्ने हेतुले महायज्ञ गर्न लागिएको संरक्षकश्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा) को भनाइ छ ।

विशुद्ध पवित्र मनले महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अनिल रुंग्टाले जानकारी दिएका थिए ।
महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरु हुनेछ । यसैगरी रमाइलो मेलाको पनि कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समितिले जनायो ।

महायज्ञ
मूल आयोजक समितिले राखेको पत्रकार सम्मेलनमा मुर्लीधर रुग्टा, विजय सरावगी, दीपेन्द्र चौहानसहित व्यक्तिहरुको सहभागिता थियो ।

 


सम्बन्धित समाचार