Logo

२२ माघ,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडकखण्डबाट ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको हो ।

विल विजकभन्दा बढी सामानहरु लोड रहेको ट्रक वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रकमा रोकेर जाँच गर्दा अनलाइन भिसिटिएस बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

बरामद सामानको मूल्यांकन ३५ लाख ९२ हजार ५४० कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनायो ।


सम्बन्धित समाचार