Logo

२३ माघ,वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको चार लाख रुपैयाँसहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई वीरगञ्जको घण्टाघरबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी उपरिक्षक कोमल बिक्रम शाहले जनाए । उनको साथबाट पाँच सय र एक हजार दरका स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले बतायो ।

प्रहरीले विरेन्द्र कलवारलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका कलवारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

कलवारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी बताउँछ ।

 

 

 

 


सम्बन्धित समाचार