Logo

२३ माघ,वीरगञ्ज । पर्साबाट प्रहरीले ७ लाख मूल्य बराबरका भन्सार छली गरि भित्राइएको सामान पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्कस्थित सडकखण्डबाट भन्सार छलीका मेसिन, सुपारी, जुत्ता र औषधी पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट पर्साबाट खटिएको प्रहरी टोलीले उक्त सामानहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

उनका अनुसार प्रहरीले स्काइ कर्ट मेसिन १ थान, प्लटिङ पेपर १ रोल, लेडिज सर्ट २ थान, ट्रामानिल ट्याब्लेट दुई हजार १ सय ६८ पत्ता, काँचो सुपारी ९४ केजी, अफजल मिन्ट फ्लेवर ६० केजी, साडी १ थान, कुर्ता सुरुवाल २ थान र जुत्ता २० जोर नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सामानको मूल्यांकन ७ लाख ३७ हजार ६ सय कायम गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार