Logo

२३ माघ,वीरगञ्ज । बारा प्रहरीले झण्डै २ लाख मूल्यका भन्सार छलीका सामानसहित पिकअप पक्राउ गरेको छ । प्रहरीले १ लाख ७४ हजार मूल्यका सामानसहित पिकअप पक्राउ गरेको हो ।

विभिन्न इकाइबाट खटिएका प्रहरी टोलीलाई आएको सूचनाको आधारमा रोकेर जाँच गर्दा बिलबिजक शंकास्पद लागेपछि सामानसहित पिकअप नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले परवानीपुर गाउँपालिका–५ गण्डक चोकबाट डेढ लाख मूल्यका प्याज पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दधिराम न्यौपानेले बताए ।

यसैगरि प्रहरी चौकी पथलैयाको प्रहरी टोलीले दुई सय केजी प्याज र गम्छा ( मुख पुछ्ने टावेल) पक्राउ गरेको प्रहरीले जनायो ।
प्रहरीले म प्र ०३–००१ च ७०९८ नम्बरको पिकअपसमेत पक्राउ गरेको सूचना अधिकारी न्यौपानेले बताए ।

बरामद सामानसहित पिकअपमाथि आवश्यक कानुनी प्र्रक्रिया अगाडी बढाइएको बारा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार