Logo

२४ माघ,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी नगरेकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले भने, सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी अहिलेसम्म गरेको छैन। काम सुरु भएको छैन। काम तीन जिल्लामा मात्रै सुरु भएको छ। अर्थमन्त्रीको जिल्ला नुवाकोट, डडेल्धुरा र चितवन।’

उनले तीन जिल्लामा अहिले अर्बौँको योजना स्वीकृत भएकोप्रति असन्तुष्टि जनाए।

उनल थपे, ‘बाँकी जिल्लामा विकास निर्माण हुनु हुँदैन ? ठेक्का लागिसकेको छ ? काम किन नहुने ? तीन जिल्लाको मात्रै देश हो ? अहिले नुवाकोटमा दुई खर्बभन्दा बढीको आयोजना स्वीकृत भएको छ। अर्बौँको आयोजना गोरखामा स्वीकृत भएको छ। दुई खर्बबढी चितवन र डडेल्धुरामा स्वीकृत भएको छ।

 


सम्बन्धित समाचार