Logo

२४ माघ,काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन्।

राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ।

अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए।

 


सम्बन्धित समाचार