Logo

२४ माघ,वीरगञ्ज । वीरगञ्जमा पहिलोपकट जगन्नाथ रथ यात्रा निकाल्ने तयारी गरिएको छ । फागुन १२ गते बीरगञ्जमा जगन्नाथ रथ यात्रा निकालिने तयारी गरिएको इस्कोन बीरगञ्ज शाखाले जनाएको छ ।

१७ दिन पछाडि बीरगञ्जको घण्टाघरबाट निकालिने जगन्नाथ रथ यात्रा मुख्य सडक हुँदै अलखिया रोड, ठाकुरराम बहुमुखी क्याम्पस हुँदै पुरानो बसपार्कमा समापन गरिने तयारी रहेको इस्कोनको अध्यक्ष रुपक सन्त दासले बताए ।

उनका अनुसार सबै जन समुदायलाई भगवानको दर्शनहोस तथा रथ तान्ने अवसर पाऊँन भन्ने हेतुले जगन्नाथ रथ यात्रा निकाल्न लागिएको हो ।
जन्म मरण (जन्म मृत्यु) को चक्ररबाट मुक्त पाउने अभिप्रायले २४ फरवरी २०१४ शनिवार विहान ११ बजेदेखि घण्टाघरबाट रथ यात्रा निकाल्न कार्यक्रम छ ।

 


सम्बन्धित समाचार