Logo

२४ माघ,बारा । बाराको पचरौता नजिक सिमावर्तित भारतको महुआवाबाट एसएसबी प्रहरीले ३० क्विन्टल प्याज पक्राउ गरेको छ । प्रहरीले पाँच जना नेपाली सहित उक्त परिमाणमा तस्करीको प्याज पक्राउ गरेको हो ।

भारतबाट नेपाल भित्राउदैँ गरेको अवस्थामा एसएसबीको ७१ जेएफ वटालियन महुआवाको टोलीले प्याज बरामद गरेको जनाएको छ । एसएसबी प्रहरीलाई आएको बिशेष सूचनाको आधारमा छापामारी गरि उक्त प्याज नियन्त्रणमा लिएको प्रहरी बताँउछ ।

प्रहरीले नेपाली र भारतीये नम्बर प्लेटको ११ वटा मोटरसाइकल, ३० क्विन्टल प्याज, ८ बोरा मल तथा पाँच जना नेपाली तस्करलाई नियन्त्रणमा लिएको एसएसबी प्रहरी स्रोतले जनायो । एसएसबी प्रहरीले पक्राउ परेका तस्करसहित माोटरसाइकलको नम्बर खुलाएको छैन ।

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि रक्सालै, आदापुर, छौडादानो र घोडासहन नाका भई नेपालसम्म तस्करहरुले प्याजको तस्करी गर्ने स्थानीय बताउँछन् ।

 


सम्बन्धित समाचार