Logo

२४ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले पाँच हजार ७ सय ४० केजी प्याज पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंं १९ अलौँ तथा ड्राइपोर्ट इलाकाबाट उक्त परिमाणमा प्याज पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्सा तथा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ र बिओपि ड्राईपोर्टबाट खटिएको सयुंक्त सशस्त्र प्रहरीको गस्ती टोलीले प्याज पक्राउ गरेको जनाएको हो ।

सशस्त्र प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा भन्सार छली भित्राइएको अवस्थामा प्याज पक्राउ गरेको सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठले जनाए । उनका अनुसार प्रहरीले प्रदेश २–०३–००१ च ६२०३ र प्रदेश २–०३–००१ च ५९३५ नम्बरको २ वटा पिकअप गाडीबाट प्याजहरु नियन्त्रणमा लिएको हो ।

बरामद प्याजको मूल्यांकन ४२ लाख २९ हजार ६ सय कायम गरिएको प्रहरीले जनायो । पक्राउ परेका प्याजसहित सवारीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्सा बताउँछ ।

 


सम्बन्धित समाचार