Logo

मधेश कृषि विश्वविद्यालय

२४ माघ,जनकपुर । मधेश कृषि विश्वविद्यालयमा गरिएको तालाबन्दी नखुल्दा अध्ययन अध्यापनदेखि प्रशासनिक कामकाजसमेत लामो समयदेखि अवरुद्ध रहेकाले ध्यानाकर्षण भएको भन्दै वार्ता र संवादका आह्वान गरेको छ ।

मधेश विश्वविद्यालयमा गरिएको तालाबन्दीले दैनिक प्रशासनिक कार्य अवरुद्ध रहेकोले सम्बन्धित पक्षलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधानका लागि आव्हान गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवान ठाकुरद्वारा हस्ताक्षरित अनुरोध पत्रमा तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विश्वविद्यालयको अध्ययन अध्यापन तथा दैनिक कार्यलाई सहज रुपमा संचालन गर्ने वातावरण सहज गर्नका लागि सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘बर्तमान अवस्थामा रहेको रोजगारी, खाध संकट तथा शिक्षा आर्जन गर्न विद्यार्थीहरु विदेशिने बेलामा राजविराज ३ सप्तरीमा अवस्थित मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालय मिति २०८० माघ ७ गतेदेखि अवरुद्ध रहेकोले विश्वविद्यालयको ध्यानाकर्षण भएको छ, अनुरोध पत्रमा भनिएको छ, उक्त कार्यले बि.एससी. एजि द्वितीय सेमेस्टरका सम्पुर्ण छात्रछात्राहरुको अध्यन, अध्यापन, फर्म, रजिष्टेशन लगायत नयाँ भर्ना तथा दैनिक प्रशासनिक कार्य अवरुद्ध रहेकोले सम्बन्धित पक्षसंग बार्ता तथा संवादद्वारा समस्या समाधानका लागि आव्हान गर्दछु ।’

सो कार्यमा सौहाद्रपुर्ण वातावरण बनाइदिन हुन सम्बन्धित सबै सरोकारवालासंग अनुरोधसमेत गरेका छ ।
मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीले विभिन्न सात सुत्रीय माग राखेर माघ ७ गते विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेको छ ।

तालाबन्दीका कारण विश्वविद्यालयको पठनपाठनसहित सम्पुर्ण कामकाज नै प्रभावित छ । तालाबन्दीले विश्वविद्यालयको अतिआबश्यक काम कारवाही पनि ठप्प छ ।


सम्बन्धित समाचार