Logo

२५ माघ,वीरगञ्ज । सवारी चेकिङ र बेवारिसे अवस्थामा फेला पारेको मोटरसाइकलमा स्वामित्व दाबी गर्न पर्सा पहरीले सूचना निकालेको छ ।
विभिन्न समयमा पक्राउ गरेका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न बिहीबार पर्सा प्रहरीले १५ दिने सूचना जारी गरेको हो ।

पर्सा प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाईकललाई स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको हो ।

प्रहरी प्रबक्ता कुमारबिक्रम थापाका अनुसार स्वामित्व हक दाबी गर्न सूचना जारी भएको १५ दिन भित्र मोटरसाइकल भएका ब्यक्तिले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

लामो समयदेखि कार्यालयमा राखिएको मोटरसाईकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा सरकारी सम्पती तथा जिन्सी मालसामान लिलामी बिक्री सम्बन्धी कार्यबिधी २०७९ को परिछेद ३ दफा २० को उपदफा १ र २मा व्यवस्ता भए बमोजिम कानुनी प्रक्रिया अनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रबक्ता थापाले बताए ।

प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाईकल राखिएको भएपनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारी धनी नआएकाले सूचना जारी गरिएको थापाको भनाइ छ ।

MOTEAR BIKE


सम्बन्धित समाचार