Logo

२६ माघ,बारा ।जीतपुरसिमरा उपमहानगरपालिकाले अम्लेखगंजमा बेरोजगार युवाहरुलाई लघु उद्यमी बनाउँन सञ्चालन गरिएको आठ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ ।

आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार, भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तरगत उपमहानगरपालिकाको आयोजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अम्लेखगंजमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले सिप मुलक तालिम पश्च्यात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धी गर्न सम्पुर्ण तालिमका सहभागिहरुलाइ अनुरोध गरे ।

उनले महिलाहरुले अव घरको चुलो चौकोमा मात्र सिमित नरही व्यवसाय मुलक सिप सिकी आत्मनिर्भ हुन सवैलाई प्रोत्साहीत गरे । उपमहानगरमा रहेको बेरोजगारीको समस्यालाई समाधान गर्न मेड्पा अन्तर्गतको यो कार्यक्रम निकै फलदायी साबित भएको जानकारी दिए ।

त्यस्तै वार्ड नं २१ का वडा अध्यक्ष सुबास श्रेष्ठले उपमहानगरपालिकाको सहयोगमा थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा आग्रह गर्नु भयो ।

वेरोजगार युवा युवतीहरुलाई सिप मुलक तालिम प्रदान गरी रोजगार श्रृजना गर्ने उदेश्यले सिप मुलक तालिम पुर्व व्यवसाय सञ्चालन सम्वन्धी सम्पुर्ण ज्ञान प्रदान गर्ने उदेश्यले सञ्चालन गरिएको उद्यम बिकास तालिममा व्यवसाय के हो ? व्यसायको महत्व किन ?, लघु उद्यम भनेको के हो ?, सफल उद्यमीका विशेषताहरू, लक्ष्य निर्धारण, सिर्जनशीलता, व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू, विक्रयकला, व्यवसायको प्रारम्भीक छनोट गर्ने आधारहरू, व्यवसायको अन्तिम छनोट, बजार र बजारीकरण, व्यावसायिक योजना, विक्रयकला र लैङ्गिक समनता लगायतका विषयमा प्रशिक्षण दिएको छ ।

वडा नं.२१ मा ३० जना सहभागीहरुलाई उद्यम बिकाशिलता तालिम दिएको छ । सिप मुलक तालिम लिई व्यवसाय सञ्चालन गर्ने चाहाना भएका सहभागिहरुलाई उनिहरुको मागमा आधारित सिप मूलक तालिम अब तेस्रो चरणमा सञ्चालन गरिने उद्यम विकास सहजकर्ता तथा उद्यम प्राबिधिक दिपनारायण रायले जानकारी दिए ।

आँठ दिने सञ्चालन भएको तालिमको सहजीकरण जीतपुरसिमरा उपमहानगरपालिकाका उद्यम विकास शाखाका उद्यम प्राबिधिक दिपनारायण राय र उषा बुढाथोकीले गरेका थिए ।

चालु आर्थिक बर्षमा मेड्पा कार्यक्रम सञ्चालनकोलागि उपमहानगरको ३, १६, २१ र २४ नं वडा छनोटमा परेको उपमहानगरपालिकाका उद्यम विकास शाखाले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा १ सय ५० जनालाई लघु उद्यमी बनाउँने लक्ष्य राखेको छ । मेड्पा कार्यक्रम लागु भएको वडाहरुमा पहिलो चरणमा सहभागी छनोट ,दोस्रोचरणमा उद्यम बिकास तालिम ,तेस्रो चरणमा सिप बिकास तालिम ,चौथो चरणमा उपयुक्त प्रबिधि हस्तान्तरण ,पाचौँ चरणमा उत्पादन तालिम र छैठो चरणमा बस्तु र सेवाको बजार बिकास तालिम प्रदान गर्ने गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । मेडपा कार्यक्रममा सहभागिहरुलाई निरन्तर दुई बर्षसम्म उपमहानगरपालिकाले लगानी गरिरहने उद्यम प्राबिधिक रायले जानकारी दिए ।


सम्बन्धित समाचार