Logo

२७ माघ,वीरगञ्ज । एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । गत मङ्गलबार राति सम्सी गाउँपालिका–१ स्थित एक घरमा लुटपाट गरी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका वडा नं. २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार सितामढी रतनपुर १५ का २१ वर्षीय जियाउल अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले मङ्गलबार राति चारजनाको समूहमा आएकाले घरमा लुटपाट गर्नुका साथै बालिकालाई अपहरण गरी डेढ किलोमिटर टाढा बाँस धारीमा लगी पालैपालो जबरजस्तीकरणी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो ।

बालिका मामाघर बस्दै आएकी थिइन । लुटपाट र सामूहिक बलात्कारमा संलग्न रहेका तीनै जनालाई महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

पक्राउ परेका तीनै जनालाई पीडित बालिका र आफन्तले पहिचान गरेका थिए भने फरार एक जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


सम्बन्धित समाचार