Logo

२७ माघ,जनकपुर । नेकपा (एमाले) महोत्तरीको छैटौँ अधिवेशनबाट बलराम यादवको प्यानलसहित निर्वाचित भएको छ ।

एमालेको महोत्तरी जिल्ला छैटौँ अधिवेशनको क्रममा भएको निर्वाचनमा अध्यक्षमा बलराम यादव निर्वाचित भएको हो ।

निर्वाचन अधिकृत उद्धवबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार अध्यक्षमा यादवले २ सय ५९ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी शिवचन्द्र सिंंहले १ सय ५५ मत प्राप्त गरेको छ ।

यादव प्यानलमा रहेका अम्बिकाप्रसाद गौतमले २ सय ३७ मत ल्याई उपाध्यक्षमा निर्वाचित भए भने २ सय २८ मत प्राप्त गरी शम्भु ठाकुरले सचिव पदमा निर्वाचित भएका छन् ।
त्यस्तै उपसचिवमा फेकन राम चमारले २ सय २३ मत प्राप्त गरे भने लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहाले २ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
यस निर्वाचनमा ४ सय ३७ मतदातामध्ये ४ सय २९ मतदाता भने सहभागी भएको एमालेको निर्वाचन समितिले जनाएको छ ।


सम्बन्धित समाचार