Logo

२९ माघ,वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको जाँचमा बिल बिजक भन्दा बढी लोड रहेको मालसामानसहित २ वटा ट्रक बरामद गरेको हो ।

१ करोड ३९ लाख मूल्य बराबरको सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
प्रहरीको टोलीले जिल्लाको परवानीपुरबाट बिल बिजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

बीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८५६५ नम्बरको ट्रक परवानीपुरमा जाँच गर्दा बिल बिजक भन्दा बढी लोड रहेको औषधी पाइएकोले नियन्त्रणमा लिइएको प्रहरी भनाइ छ ।

उक्त मालबाहक ट्रकबाट ७० लाख ४३ हजार भन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता थापा बताउँछन् ।
यसैगरी विहान बीरगञ्जको गण्डकबाट बिल बिजक भन्दा बढी लत्ताकपडा लोड रहेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

बीरगञ्जबाट झापातर्फ जाँदै प्रदेश १–०१–००१–ख ३९१५ नम्बरको ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा बरामद गरिएको पर्सा प्रहरीले बताएको छ ।

यो ट्रकबाट प्रहरीले ६९ लाख १५ हजार भन्दा बढीको सामान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका २ वटै ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाइ छ ।


सम्बन्धित समाचार