Logo

२९ माघ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेश प्रदेश तदर्थ समिति पूर्नगठन गरेको छ । जनता समाजवादी पार्टी नेपालको विधानको धारा १३५ बमोजिम मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति गठन गरिएको हो ।

प्रदेश सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखा परिक्षण आयोग समेत गठन गरिएको जसपाका केन्द्रिय सदस्य फिरोज अन्सुरले जनाए । पार्टीले बालकिशोर यादवको संयोजकत्वमा ५१ सदस्सीय समिति गठन गरेको उनले बताए ।

कार्यकारिणी समिति सदस्यहरुमा रामपृत पासवान, रामसेवक यादव, सुशिल कुमार यादव, ज्ञानेन्द्र प्रसाद यादव, अरुण कुमार देव, निरा कुमारी साह, दिनेश कुमार यादव लगायतका १७ सदस्य रहेका छन् । यसैगरि प्रदेश समितिमा प्रभाकर यादव, सुरेन्द्र यादव, कौशलेन्द्र यादव, छेदी यादव, मनोज कुमार यादव, विजय चौधरी लगायतका छन् ।

यस्तै जसपाले बृजमोहन तिवारीको अध्यक्षतामा सल्लाहकार समिति गरेको हो । सदस्यहरुमा हरिनारायण यादव, शिवशंकर यादव, परशुराम यादव, पवन ब्याहुत लगायतका छन् । प्रदेश अनुशासन आयोग तर्फ महाराज यादवको अध्यक्षतामा ७ सदस्सीय समिति घोषणा भएको छ । यसको सदस्यहरुमा विरेन्द्र प्रसाद यादव, पञ्चलो तामाङ, राजिव कुमार यादव लगायतका छन् ।

त्यसैगरि अमृत साफीको संयोजकत्वमा प्रदेश लेखा पक्षिण आयोग गठन भएको छ । जसको सदस्यहरुमा मोहम्मद अनवर हासमी, आतिश मिश्र, राजकुमार दास लगायतका रहेका जसपाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


सम्बन्धित समाचार