Logo

२९ माघ,वीरगञ्ज । बारा प्रहरीले प्रतिबन्धित लागुऔषध दुइजनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं. १ देवकोटा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नं. ६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन् ।

वीरगञ्जबाट निजगढतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो । सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा लागुऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ परेका बाराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले जनाए ।

उनीहरुको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता ( ६५० पिस) बरामद भएको प्रहरीले जनायो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार